काँग्रेसका पूर्व सांसद तथा स्याङजाका सभापति पंगेनीको निधन - Akhabaronline
मुख्य खबरराजनीति

काँग्रेसका पूर्व सांसद तथा स्याङजाका सभापति पंगेनीको निधन


वालिङ, २० श्रावण । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६।०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६।३० बजे उनको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

Related Articles

Back to top button