कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक एक हप्ताको लागि स्थगित - Akhabaronline
Highlightमुख्य खबरराजनीति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक एक हप्ताको लागि स्थगित

काठमाडौं ७ माघ । सोमबार बसेको राष्ट्रियसभा बैठकले अवरोध गरेपछि बैठक एक हप्ताको लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक माघ १४ गते सोमबारसम्मका लागि स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउन माग गर्दै संसद अवरुद्ध गरेको थियो। राष्ट्रियसभाको दोस्रो बैठकमा पनि अवरोध गरिएकाले अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

Related Articles

Back to top button