कांग्रेसको भातृ संगठन नेविसंघ आजबाट भंग - Akhabaronline
मुख्य खबरराजनीति

कांग्रेसको भातृ संगठन नेविसंघ आजबाट भंग

काठमाडौ २ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमिति आजबाट म्याद सकिदै छ । आज राती १२ बजेबाट केन्द्रीय समितिको म्याद भंग हुदैछ । त्यसपछि नेविसंघ संगठन विहिन हुनेछ । कांग्रेसको केन्द्रीय समितिको बैठकले केही समयका लागि म्याद थप्ने बारेमा छलफल गरेपछि मात्र म्याद थपिने भएपनि कांग्रेस केन्द्रीय समितिको बैठक तत्काल बस्ने कुनै संकेत देखिएको छैन । माघ १० गतेका लागिमात्र केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।

कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुनेछ । तर नेविसंघ अध्यक्ष नैनसिंह महर भने म्याद थपिने बताउछन। उनले आफ्नै नेतृत्वमा १२औँ महाधिवेशन हुने दाबी गरिरहेका छन । यस अघि अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक सम्म निर्णय गराएर १२औँ महाधिवेशनको मिति तोकेका थिए। तर पनि महाधिबेशन हुन् सकेन ।

पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिबेशन सम्पन्न भएको छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button