कांग्रेसमा विचलन, तत्काल महासमितिको बैठक बोलाउन सुझाव - Akhabaronline
मुख्य खबरराजनीति

कांग्रेसमा विचलन, तत्काल महासमितिको बैठक बोलाउन सुझाव

काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको महासमितिको बैठक तत्काल बोलाउन पार्टीका शीर्ष नेताहरूले सुझाव दिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटरमा मङ्गलबार बिहान बसेको पार्टी शीर्ष नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।

बैठकमा सहभागी नेताहरूले छिटोभन्दा छिटो महासमिति बैठक बोलाउन र अनुकूल समयमा केन्द्रीय समितिको बैठक बोलाउन सुझाव दिनुभएको केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री देउवाले पार्टीमा बृहत्तर एकता, अनुशासन र थप ऊर्जाको आवश्यकता औँल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने बेला भएकाले सुझाव माग्नुभएको थियो ।
सहभागी नेताहरूले राष्ट्रियसभा निर्वाचन तयारीसँगै पार्टीको महासमिति बैठक बोलाउन र उक्त बैठकले नै केन्द्रीय समितिको बैठकबारे निर्णय लिनुपर्ने सुझाव दिनुभएको थियो । बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा। रामशरण महत, डा। प्रकाशशरण महत, महेश आचार्य, डा। मीनेन्द्र रिजाल लगायतको उपस्थिति रहेको नेता खाँणले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।

Related Articles

Back to top button