कांग्रेसले माग्यो हिन्दु राष्ट्र पूर्वमन्त्रीसहित १५०४ जनाको हस्ताक्षर सभापति देउवालाई - Akhabaronline
Highlightमुख्य खबरराजनीति

कांग्रेसले माग्यो हिन्दु राष्ट्र पूर्वमन्त्रीसहित १५०४ जनाको हस्ताक्षर सभापति देउवालाई

काठमाडौं ७ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको मुद्दालाई पार्टीले लिएर जान सुझाव दिँदै संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। महासमिति सदस्य, पार्टी केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य पूर्वमन्त्रीसहति १५०४ जनाको हस्ताक्षर पार्टी सभापति देउवालाई बुझाइएको छ ।

१७ सय बढीमा महासमितिमध्ये ७१६ महासमिति सदस्य, १२ केन्द्रीय सदस्य, ४६ जना जिल्ला सभापति र पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्रीसहित उक्त संख्यामा संकलन भएको हस्ताक्षर बुझाइएको हो ।

महासमिति बैठकबाट भने कांग्रेसले हिन्दु धर्मको मुद्दालाई लिएर अघि बढ्न सम्भावना निकै कम छ। संविधान निर्माणको समित्व ग्रहण गर्दै आएको कांग्रेसले हिन्दु धर्मको मुद्दा लिएर अघि बढे संविधान विरोधीको आरोप लाग्ने भएकाले कांग्रेस नेताहरू निकै सचेत छन्। महासमिति बैठकमा प्रस्ताव राख्नका लागि केन्द्रीय समितिबाट पारित भएर आउनुपर्ने हुन्छ। तर कांग्रेस नेताहरू अहिले धर्मको विषयलाई पार्टीको एजेन्डा बनाउने पक्षमा छैनन्।

Related Articles

Back to top button