कांग्रेसले माघ २१ गते प्रदर्शन गर्ने - Akhabaronline
राजनीति

कांग्रेसले माघ २१ गते प्रदर्शन गर्ने

काठमाडौँ १४ माघ । प्रमुख प्रतिपक्ष कांग्रेसले माघ २१ मा सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले ७७ जिल्लामै विरोधसभा गर्ने निर्णय गरेको हो । कांग्रेसका भ्रातृ संस्था भने आइतबारदेखि नै विरोधमा उत्रिइसकेका छन् ।

प्रतिनिधिसभामा प्रतिपक्षको बेल घेराउका बीच शुक्रबार चिकित्सा विधेयक पारित गरिएपछि आक्रोशित कांग्रेसले योलगायत ६ वटा मुद्दालाई केन्द्रमा राखेर विरोध गर्न लागेको हो । बेल घेराउ भएपछि संसदको कारबाही अघि नबढाउने परम्परा तोडदै ‘बलजफ्ती’ विधेयक पारित गरिएको भन्दै कांग्रेसले सभामुख कृष्णबहादुर महराको भूमिकामाथि पनि प्रश्न उठाउँदै आएको छ ।

‘प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्पराविपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिँदै बैठक त्यसको घोर भत्र्सना गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

कांग्रेसले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताललाई संघ मातहतबाट हटाएको, प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक राखेर विभिन्न आयोगमा प्रमुखहरू नियुक्ति गरिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई ६ महिनासम्म पक्राउ गर्न नसकेको, महँगीरभ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको र स्थानीय सरोकार सम्बोधनका विषयलाई विरोधसभाको मुख्य मुद्दा बनाएको छ ।

AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=5s2H6U_gjio&t=25s

Related Articles

Back to top button