काङ्ग्रेस सोलुद्वारा आमसभा कार्यक्रमको आयोजना - Akhabaronline
मुख्य खबरराजनीति

काङ्ग्रेस सोलुद्वारा आमसभा कार्यक्रमको आयोजना

केदार बस्नेत,
सोलुखुम्बु १६ माघ । संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको सदनमा हुनु पर्ने भुमिका नभएको भन्दै आरोप खेपी रहेका बेला नेपाली काङ्ग्रेस सोलुखुम्बुले बृहत आमसभा कार्यक्रम आयोजना गर्दै छ ।
माघ १९ गते शनिबारका दिन माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ दाम्कु बासामा कार्यक्रम गर्न लागिएको काङ्ग्रेस सोलुखुम्बुका सभापति बिनोद बाबू बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री बल बहादुर केसी पार्टी केन्द्रिय सदस्य गगन कुमार थापा प्रबक्ता बिश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति बिनोद बाबू बस्नेत महासमिती सदस्यहरु भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु र स्थानिय नेताहरूको उपस्थित रहने नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिन बाबू थापाले बताए ।
कार्यक्रम अधिनायकवाद ओलि सरकार विरुद्ध सदन र सडकमा कसरी प्रस्तुत हुने चिकित्सा बिधेयक कसरी काङ्ग्रेसले ल्याए अनुसार पास गराउने निर्मला हत्याकाण्ड बारे धारणा बनाउने तथा समसामयिक बिषयमा आमसभा केन्द्रित हुने काङ्ग्रेस सोलुखुम्बुले जनाएको छ । कार्यक्रममा २ हजार काङ्ग्रेसीहरुको जनसहभागीता रहने बताइएको छ ।

AKHABAR TV

https://www.youtube.com/watch?v=JRDQuNk9I50&t=816s

Related Articles

Back to top button