काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्यो, चिसोले घरबाहिर निस्कन कठिन - Akhabaronline
Highlightसमाचार

काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्यो, चिसोले घरबाहिर निस्कन कठिन

काठमाडौँ–१७ पुस । काठमाडौँ उपत्यकामा चिसो निकै् नै बढेको छ । अझ चिसो बढने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । महाशाखाले मापन गरेका उपत्याकाको तापक्रम काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो विवरण सोमबार वेलुका सम्मको हो । मंगलबार झनै चिसो हुने र तापक्रम घटने महाशाखाको अनुमान छ ।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ ।

Related Articles

Back to top button