काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग - Akhabaronline
Uncategorized

काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ ।
महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ रकम  गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित महानगर उप–प्रमुख, कार्यापालिका सदस्यहरुलगायतका टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
महानगरपालिकाले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

Related Articles

Back to top button