काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त आपूर्ति बन्द हुने भएको छ । - Akhabaronline
Uncategorized

काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

ट्राफिक प्रहरीको चक्रपथ चौडा गर्ने अभियानलाई सहयोग गर्न महाराजगञ्ज वितरण केन्द्रले मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गर्ने भएकाे हाे ।
ट्राफिक महाशाखाले गत शनिबारदेखि राजधानी चौडा गर्ने अभियान थालेको छ । यही अभियानअन्तर्गत प्रहरीले चक्रपथ क्षेत्रका पोल मंगलबार सार्दै छ ।
नेपाल विद्युत्त प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रका इन्जिनियर सञ्जिव भट्टराईले ट्राफिक प्रहरीको सरसफाइ अभियानलाई सहयोग गर्न मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत्त आपूर्ति बन्द गर्न लागिएको जानकारी दिए । उनका अनुसार महाराजगञ्जको चक्रपथस्थित प्रभु बैंकअगाडि सडक छेउको पोलहरु आज स्तानान्तरण गरिँदै छ ।
यी हुन् दिनभर लोडसेडिङ हुने क्षेत्र
वितरण केन्द्रले विद्युत्त बन्द गर्दा आज दिनभर महाराजगञ्ज क्षेत्रमा लोडसेडिङ हुनेछ । यो क्षेत्रमा लोडसेडिङ हुँदा टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल र न्युरो हस्पिटलले असुविधा झेल्नेछन् । प्राधिकरणका अनुसार, सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट सप्लाइ भएका क्षेत्रमा पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली हुने छैन । चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धारा चोक, जिरो पम्प वरिपरिको क्षेत्रमा यही वितरण केन्द्रबाट बिजुली वितरण भएकाले अपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Related Articles

Back to top button