काठमाडौं १४ पुस । शनिबार विहानै काठमाडौको गोकर्णस्थित उनी धागो पसलमा भिषणा आगलागी भएको छ । गोकर्णको उत्तरबाहिनीमा रहेको ऊनी धागो कारखानामा विहान ४ बजे आगलागी हुदा दुई करोड रुपैयाँका सामग्री जलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बिहान ४ बजे सल्किएको आगो बिहान साढे ७ बजे मात्रै पूर्णरूपमा नियन्त्रणमा लिएको वृत्तका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए।
आगो निभाउन नेपाली सेनाका तीनवटा, काठमाडौं महानगरपालिकाको दुई, ललितपुर महानगर र ठिमी नगरपालिकाको एक एक वटा गरी सात वटा दमकल प्रयोग गरिएको थियो । त्यसका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा पनि आगो निभाउन खटिएका थिए। कारखानामा रहेको मेशिन सट भएर आगो लागेको प्रहरी सहायक निरीक्षक श्रेष्ठले जानकारी दिए।