काठमाडौको गोगबुमा गोली चल्यो - Akhabaronline
समाचार

काठमाडौको गोगबुमा गोली चल्यो

काठमाडौं ८ माघ । काठमाडौंको गोंगबुमा गोली चलेको छ । हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो।

मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका काभ्रेका अभिलाश तामाङलाई गोली हानी नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वशन्त लामाले जानकारी दिए। उनका अनुसार तामाङको दायाँ खुट्टामा गोली लागेको छ।

तामाङले प्रहरीमाथि नै गोली ताकेपछि प्रहरीले गोली चलाएको एसएसपी लामाले बताए। तामाङका साथबाट एक थान पेस्तोल त्यसमा साथबाट एक थान पेस्तोल त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको छ। उक्त घटनाका थप विवरण आउन बाँकी रहेको छ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=8s

Related Articles

Back to top button