काठमाडौं, ८ पुस । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको प्रहरीको अनुमान छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ ।
अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ
।