काठमाडौं ३० पुस । काठमाडौको सतुंगलमा भिषण आगलागी भएको छ । चन्द्रागिरी नगरपालिका ११ मा राज जैसवालले सञ्चालन गरेको कपास उद्योग र चन्दन सराफले सञ्चालन गरेको आल्मुनियम गोदाममा आगलागी भएको हो। बिहीबार साँझ भएको आगलागी शुक्रबार मात्र नियन्त्रणमा आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिहिबार सवा ७ बजेतिर सुरु भएको आगलागी आज बिहान ३ बजर २० मिनेटमा नियन्त्रणमा आएको छ।
आगो नियन्त्रणमा आएपनि भित्र छिरेर क्षतिको विवरण संकलन गर्ने अवस्था नभएको प्रहरीले जनाएको छ । आगो काठमाडौं उपत्यकाका आठ दमकल, ३० पानी ट्याङकर, ४० नेपाली सेना, १५० जना नेपाल प्रहरी, ६० जना सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए।
आगलागीका कारण दुवै उद्योगमा पूर्ण क्षति भएको र क्षतीको विवरण भने संकलन हुँदै गरेको प्रहरीले जनाएको छ। उनकाअनुसार विद्युत सट भएर आगो लागेको जानकारी आए पनि अनुसन्धान भइरहेको छ।