काठमाडौमा साहित्य गोष्ठि सम्पन्न - Akhabaronline
साहित्य

काठमाडौमा साहित्य गोष्ठि सम्पन्न

काठमाडौ २१ पुस । राजधानीमा बृहत साहित्य गोष्ठि सम्पन्न भएको छ । इडन ब्रिज एकेडेमीको आयोजनामा जन्मभूमी नेपाल साहित्य समाजको सहकार्यमा काठमाडौको धापासीमा गोष्ठि सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार त्रिलोचन आचार्यको प्रमुख आतिथ्यतामा साहित्य गोष्ठि तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि त्रिलोचन आचार्यले साहित्य जस्तो विद्यालाई नगरपालिका तथा वडाले महत्वका साथ लिनु पर्ने बताउदै टोखा नगरपालिकामा साहित्य तथा रचना वाचन कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार नै बनाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रमका विशेष अथिति टोखा नगरपालिका वडा न ४ का वडाध्यक्ष धमेन्द्र श्रेष्ठले वडामा रचनामूलक कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिए । यस्ता कार्यक्रमहरुले समाजमा विभिन्न परिवर्तनहरु आउने हुदा कार्यक्रमले सार्थकता पाउने वडाध्यक्षले बताए ।

त्यसैगरी जन्मभूमी नेपालका अध्यक्ष डिल्लीप्रसाद मुलतीहुनले संस्थाले निरन्तर रुपमा गर्दै आएको कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै रचनात्मक ढंगबाट सन्देश मुलक कविता सुनाएका थिए । त्यसैगरी कार्यक्रमका आयोजक तथा विद्यालयका प्रिन्सिपल प्रेम राई परीक्षितले साहित्यलाई राज्यले वेवास्ता गरेको उल्लेख गर्दै साहित्यले समाजमा बाटो देखाउने भएपनि राज्यले यसलाई प्राथमिकता दिन नसकेको बताए । राईले भने ‘सहित्यले समाजलाई महत्वपूर्ण बाटोमा डोर्याउछ, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, समाजलाई बाटो देखाउने काम साहित्यले नै गरेको हुन्छ तर, राज्यले यसलाई प्राथमिकता दिन सकेको छैन ।’

त्यसैगरी कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफनो रचनाहरु वचन गरेका थिए । कार्यक्रममा ओम प्रसाद कोइराला, पुरुषोत्तम अधिकारी, कविता पोखरेल, राजेन्द्र घिमिरे, गोपाल नेपाल, रन्जु दाहाल, विनोद दाहाल बत्स, रुद्र अधिकारी, तारा केसी, थरेन्द्र बराल, उत्तम विचार, सोनिया राई, रविना घिमिरे, सदिक्षा वाग्ले, अनिता यात्री, ललिता दोशी, उमा दाहाल, मिसन अधिकारी, द्धारिका कुइकेल, मञ्जु श्री केसी प्रधान,मुना खतिवडा लगायतका श्रष्टाहरुले आफना रचनाहश्र वाचन गरेका थिए ।

कार्यक्रममा आयोजक प्रेम राई परीक्षित लाई कपन बानेश्वर साहित्यिक पत्रिकाद्धारा सम्मान गरिएको थियो भने जन्मभूमी नेपाल साहित्यको तर्पmवाट साहित्यकार त्रिलोचन आचार्यलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रेम राई परीक्षितले उपस्थित सबैलाई मायाको चिनो सहित सहित्य मनहरुलाई लेखनमा सहयोग पुगोस भनेर डायरी वितरण गरेका थिए ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button