कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरिँदै, आजै शपथको तयारी - Akhabaronline
मुख्य खबरराजनीति

कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरिँदै, आजै शपथको तयारी

काठमाडौं १८ श्रावण । शेरबहादुर तामाङले राजिनामा दिएपछि रिक्त रहन पुगेको कानुन मन्त्रालयले आज पूर्णता पाउने भएको छ । सरकारले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्ने तयारी गरे पछि मन्त्रालयले पूर्णता पाउने भएको हो । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक ठाउँमा महिलाप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेपछि राजीनामा दिएसँगै कानुनमन्त्री पद रिक्त थियो ।

प्रधानमन्त्री केपी ओलीले मोरङबाट तत्कालीन एमालेका तर्फबाट निर्वाचित सांसद ढकाललाई कानुनमन्त्री बनाउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाए पनि भूमिसुधार मन्त्री नियुक्त गरेको छैन । भूमिसुधार मन्त्रीमा हालकी स्वास्थ्य राज्यमन्त्री तथा स्याङ्जाकी सांसद पद्मा अर्याललाई नियुक्त गर्ने तयारी गरिएको छ ।

आज दुई मन्त्रीको नियुक्ति हुने र आजै पथ ग्रहणको तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । दुवै मन्त्रीको शपथ ग्रहण आजै अपरान्ह ४ बजे गर्ने तयारी भइरहेको छ ।

AKHABAR TV 

https://www.youtube.com/watch?v=3LStwi1iquM

Related Articles

Back to top button