किन अटेर गर्छन आईएनजीओ ? पारदर्शिताबारे बारम्बार प्रश्न ? - Akhabaronline
अर्थ

किन अटेर गर्छन आईएनजीओ ? पारदर्शिताबारे बारम्बार प्रश्न ?

काठमाडौं ११ माघ । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहन्छ। तिनले परियोजना र खर्चको सबै विवरण सरकालाई बुझाउनुपर्छ। तर, अधिकांशलेसरकारलाई विवरण नै दिँदैनन्। थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँछन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छ।

समाजकल्याण परिषदका अनुसार नेपालका २४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले मात्र सरकालाई खर्चको जानकारी दिएका छन्। आर्थिक वर्ष २०४७र७५ मा ६२ आइएनजीओले ११ करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट दिएका छन्।
अघिल्ला वर्ष भन्दा विवरण बुझाउनेको संख्या र खर्चको आकारसमेछ घटेको छ। अर्थ मन्त्रलाले २०६९र७० देखि वैदेशिक सहायता व्यवस्थापन प्लेटफर्म तयार गरी आईएनजीओमार्फत सञ्चालन हुने परियोजना र खर्चका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यावस्था गरेको थियो। त्यसपछि जानकारी दिएर खर्च गर्नेहरुको संख्या र खर्चको आकार बढ्दै गएको अर्थ मन्त्रालयको विकास सहायता प्रतिवेदनमा उल्लेख छ।

Related Articles

Back to top button