काठमाडौ २२ कात्र्तिक । कुइभीर सेवा समाजको देउसीभैलो काठमाडौमा सम्पन्न भएको छ । काठमाडौको नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमा राजनीतिक दलका नेता देखि समाजसेवी तथा कुइभीरेलीहरुको बाक्ले उपस्थित रहेको थियो । देउसी भैलो कार्यक्रमा प्रतिनिधि सभाका सदस्या यज्ञराज सुनुवारले शुभकामना दिदै संस्थाको प्रगतीको कामना गरे । सांसद सुनुवारले संस्थाले समाजमा उदाहारणीय काम गरेको उल्लेख गरे ।
त्यसैगरी प्रदेश सभाका सांसद अम्बिर बाबु गुरुङले समाज एउटा ब्यक्तिको नहुने हुदा सबै ब्यक्तिको समान रहन नसक्ने र सबै ब्यक्तिको सल्लाह र सुझावका आधारमा समाज चल्ने हुदा समाजका सबै व्यक्तिहरुको सहभागीतामा रहने गुरुङले बताए । साथै कुभीर सेवा समाजले समाजप्रति देखाएको उदारतालाई आफुले सम्मान गर्ने सांसद गुरुङले बताए । राजनीतिक प्रसंगमा सांसद गुरुङले आफुले चुनावका बेला जनतासंग गरेका बाचाहरु धेरै पुरा गर्नुपर्ने दायित्व रहेको बताए । त्यसलाई निरन्तर दिइरहेको कार्यक्रममा गुरुले बताए ।
त्यसैगरी कार्यक्रममा नेपाली काग्रेसका पूर्व सांसद रामहरी खतिवडाले मुलुकमा संघीया आएपछि धेरै परिवर्तन आउला भन्ने आम जनताको सोचाइ भएपनि अहिले कुनै पनि परिवर्तन नआएको बताए । अहिले दुइतिहाइको सरकार भएपनि सरकारले खासै काम गर्न नसकेको खतिवडाले आरोप लगाए । तर जिल्लाको विकासको लागि भने दुइ तिहाइ एक तिहाइ जे भएपनि सबै मिलेर जिल्लाको विकास गनुृ पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ बाट काग्रेका उम्मेदराका प्रत्यासी मित्रसेन दाहालले आफुले निर्वाचन हारेपनि जिल्लाको विकासका लागि कहिल्यै पछि नहटने बताए । दाहालले भने ‘विकासको लागि कार्यक्रम लिएर आउनुहोस त्यसलाई सहयोग गर्ने छौ ।’ जिल्लाको विकास गर्न चुनाव नै जित्नुपर्छ भन्ने पनि छैन दाहाले बताए । दाहालसंगै चुनाव जितेका अम्बिरबाबु गुरु समेत सहभागी कार्यक्रममा हिजो चुनावी मैदान हारजीत जे भए जिल्लाको विकासको लागि सबै जना एकजुट भएर लाग्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप कुमार सुनुवारले कुइभीर सेवा समाजले काठमाडौ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै समाज सेवालाई निरन्तरता दिएको भन्दै संस्थाको यस्तो कार्यलाई निरन्तर दिनेमा आफु विश्वस्त रहेको बताए । कुइभीरमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न सके राम्रो हुने बताउदै सभापति सुनुवारले सामाजिक काम गर्ने संस्थालाई कसैले बन्देज गर्न नहुने र बन्देज नहुने समेत बताए ।
त्यसैगरी पूर्वसभापति तथा महिला नेत्री गोमा केसीले महिला सहाभागीता नेतृत्वको विषयमा आफना तर्कहरु राखेकी थिइन । नेतृ केसी ओखलढुंगा जिल्लामा पार्टीगत रुपमा जे जस्तो भएक अहिले सम्म एक जना महिलालाई मात्र समानुपातिक सांसद बनाएको बताइन । जिल्लामा महिलाको नेतृत्वको आवश्यकता रहेको बताउदै हरेक क्षेत्रका महिलाहरुको हक हितको लागि महिला प्रतिनिधि छान्नु पर्ने बताइ । नेतृ केसीले भनिन ‘पार्टीगत रुपमा जेसुकै भएपनि जिल्लामा महिला नेतृत्वको आवश्यक छ । त्यो आवश्यकता पुरा गर्न कुइभीरको पनि महत्वपूर्ण हात छ ।’
कार्यक्रमा नेपाली कांग्रेसका महासमिति सदस्य कुमार लुइटेल, टेकराज भट्टराई, नेपाली कांग्रेस ओखलढुंगाका प्रवक्ता राजकुमार ढुंगा, युवा नेता भीम बराल लगायतको सहभागीता रहेको थियो र कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष गजेन्द्र फुयाँलले समाज विगतदेखि नै समाजिक काम गर्दै आएको र उत्त काम निरन्तरता दिनै जाने बताए । सामाजिक काम प्रभावकारी बनाउन संस्थाले कल्याणकारी कोष स्थापना गरिएको र उक्त कोषमा स्थापनाका लागि ब्यक्तिहरुबाट आर्थिक सहयोग हस्तान्तरण भइरहेको जानकारस् गराएका थिए । संस्थाले प्रत्येक बर्ष देउसीभैलो सञ्चालन गर्दै आएको छ भने देउसीभैलोबाट उठेको रकमबाट गरीब असहाय अशक्तहरुको उपचारार्थ आसर्थक सहयोग गर्दै आएको छ । साथै संस्थाको वीरबहादुर मीना अधिकारी अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ ।
AKHABR ONLINE TV
https://www.youtube.com/watch?v=nsvqliowxvs