कुसुमको ‘मनको धोका’, दिपक र सोनुको रोमान्स (भिडियो सहित) - Akhabaronline
मनोरञ्जन

कुसुमको ‘मनको धोका’, दिपक र सोनुको रोमान्स (भिडियो सहित)


काठमाडौ २२ कात्र्तिक । मिठा मिठा सपना नदेख्ने मान्छे कमै होलान । भविष्यको बारेमा आफनो सुन्दर सपना बनाउने सबैले एक पटक आफनो प्रेमीको बारेमा सोची रहेका हुन्छन । आफुले मनले खाएकी मायालुलाई आफनो बहसमा राख्न आफनो अंगालोमा राख्न चाहनु मायालु मनको धोको हुन्छ । तर कतिले आफनो मनको धोका पुरा गरेका हुन्छन त कतिको मनको धोको अधुरो नै रहन्छ ।

गायक कुसुम तामाङको मनको धोको पुरा होला या नहोला त्यो भने हेर्न बाँकी छ । कुसुम तामाङको रियल लाइफमा मनको पुरा भएकै होला तर भर्खरै सार्वजनिक भएको लोक पक गीत ‘मनको धोका’ बोलको गीतमा मायालुलाई पाउने उनको ठुलो धोको छ । त्यसैले मायालुलाई पाउनका लागि जे पनि गर्न तयार भएको बताइरहेका छन । गीतको म्युजिक भिडियोमा सोनु पौडेललाई पाउने दिपक अधिकारीको मनको धोको छ । सोनुलाई दिपकले फकाइरहेका छन । सोनुलाई दिपकले राखेको प्रश्तावले सोनु लाजले भुतुक्कै भएकी छन । दिपकले सोनुलाई फकाएको भनेको रियल लाइफमा नभएर गीतको भिडियोमा हो ।

युव राइको शब्द तथा गायक कुसुम तामाङ कै संगीत रहेको गीत यतिबेला युटयुवमा सार्वजनिक भएको छ ।
हेर्नुहोस निकै आकर्षक गीतको भिडियो

साथै अखवार Online TV  लाई पनि Subscribe गर्न नभुल्नु होला

Related Articles

Back to top button