अध्यक्ष ओलीले नभ्याएपछि नेकपा स्थायी कमिटीको बैठक स्थगित - Akhabaronline
Highlightराजनीति

अध्यक्ष ओलीले नभ्याएपछि नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं ८ पुस । आइतबार ४ बजेका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले बैठक स्थगित भएको हो। अध्यक्ष ब्यस्त भएपछि दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित गरी साँझ ५ बजेको लागि बोलाइएको थियो तर ५ बजेपछि अध्यक्ष ओली बैठक स्थल धुम्बाराहीमा पुग्न नसकेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष ओली पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन बाडेगाउ पुगेका थिए। कार्यक्रम समयमा नसकिएका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार आज स्थगित भएकाmे बैठक नेकपा स्थायी कमिटी बैठक पुस ११ गतेका लागि बोएइएको छ। उक्त दिन बिहान ८ बजे बैठक बोलाइएको छ। आगामी बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

Related Articles

Back to top button