कैलालीको महोत्सवमा खुकुरी हानाहान, एकजनाको मृत्यु - Akhabaronline
Highlightसमाचार

कैलालीको महोत्सवमा खुकुरी हानाहान, एकजनाको मृत्यु

कैलाली ६ माघ । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा विवाद हुदा खुकुरी हानाहान भएको छ । शनिबार दुइ समूहबीच विवाद हुदा खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । एसपी तिमिल्सिनाका अनुसार खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन्। खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का अरुण भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भट्टको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा ल्याउनेक्रममा मृत्यु भएको हो।
गोदावरी नगरपालिका १ र वडा–२ का युवाबीच विवाद उत्पन्न भएपछि महोत्सवको गेटनजिकै झडप भएको थियो। खुकुरी प्रहरी गर्ने व्यक्तिको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा गोदावरी नगरपालिका–१ का सविन कट्टेल, गणेश राई र राजेश नेपाली रहेका छन्। घाइते कट्टेलको सेती अञ्चल अस्पताल तथा राई र नेपालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

AKHABAR ONLINE TV 

हाम्रो च्यानलमा रहेका भिडियोहरु हेर्न यहा क्लिक गर्नुहोस

Related Articles

Back to top button