कोरियन भाषा परीक्षा अब अनलाइनबाटै - Akhabaronline
समाचार

कोरियन भाषा परीक्षा अब अनलाइनबाटै

काठमाडौँ ३० पुस । सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । आजको नागरिक दैनिकमा यो खबर छ ।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’ भण्डारीले भने ।

AKHABAR ONLINE TV

https://youtu.be/1sycw47H5FM

Related Articles

Back to top button