समाचार
कोरिया रोजगारीमा जाने नेपाली कामदारलाई खुसीको खबर, हवाइ टिकट दर १२ हजार घटयो
काठमाडौं २१ श्रावण । दक्षिण कोरियामा जाने नेपाली कामदारहरुका लागि हवाई टिकटमा २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ ।
आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।
नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।