एजेन्सी १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना भएको छ । दुर्घटना हुँदा १२ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । प्राप्त जानकारी अनुसार ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् ।
यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको बिबिले जनाएको छ ।
दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको हो । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । विमान गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।