खेलकुद
क्रिष्टियानो रोनाल्डोले गरे ह्याट्रिक, तोडे पेलेको रेकर्ड
भदौ १६ – विश्व कप २०१८ युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा ह्याट्रिक गरेसँगै पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका हुन् । पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए ।
रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो । पेलेले ७७ गोल ९२ अन्तर्राष्ट्रिय खेलमा गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् ।
जितसँगै विश्वकप युरोपियन छनोटको समूह ‘बि’ मा रहेको पोर्चुगल दोस्रो स्थानमा छ । समूहको शीर्षमा स्वीट्जरल्यण्ड रहेको छ । स्वीट्जरल्याण्डको २१ अंक छ भने पोर्चुगल १८ अंकमा छ ।
जितसँगै विश्वकप युरोपियन छनोटको समूह ‘बि’ मा रहेको पोर्चुगल दोस्रो स्थानमा छ । समूहको शीर्षमा स्वीट्जरल्यण्ड रहेको छ । स्वीट्जरल्याण्डको २१ अंक छ भने पोर्चुगल १८ अंकमा छ ।