'खाना पकाउदा भान्सामै, जे देखियो त्यही लेखियो (हेर्नुहोस भिडियो) - Akhabaronline
Uncategorized

‘खाना पकाउदा भान्सामै, जे देखियो त्यही लेखियो (हेर्नुहोस भिडियो)

गुड फ्राइडे अन्तर्गत सधै हामीले केही न केही रमाइला कुराहरु लेख्ने गर्दछौ सधै हामी मनोरन्जको विषयमा लेख्ने गरेका थियोै । तर आज हामीले जे देखियो त्यही लेखियो शिर्षकमा एक अनलाइने छापेको समाचारको शिर्षक, समाचार अनि त्यसमा लिङक गराइएको भिडियोको बारेमा देखाउन गइरहेका छौ ।


खाना पकाउदा भान्सामै (हेर्नुहोस भिडियो) समाजिक सञ्जालमा यही शिर्षक र यही फाटो भाइरल बनाइयो । सेक्स र यौनका स्टोरीहरु प्राय सबैले हेर्ने भएका कारण शिर्षक र फोटो त्यस्तो छानिएको होला । लिंक क्लिक गरेर साइडको भित्र जादा खाना पकाउदा भान्सामै (हेर्नुहोस भिडियो) शिर्षक भित्र यस्तो समाचारमा पाइयो

खाना पकाउदा भान्सामै (हेर्नुहोस भिडियो)

विराटनगर महानगरपालिका(१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पुर्‍याउने तयारी गरेको छ । यही तयारी अनुसार उसले परियोजना निर्माण पनि तीब्र बनाएको छ ।

गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पुर्‍याउने समितिले योजना बनाएको छ । त्यस क्षेत्रका करीब ३०० घर परिवारलाई ग्यास उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । उक्त योजना निर्माण गर्न विश्व बैंकको ८० प्रतिशत तथा समितिको २० प्रतिशत लगानी रहेको छ । ८४ लाखको लागतमा ३०० घनमिटरको टयाङ्की निर्माण गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इञ्जिनियर ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

समाचारमा यो भिडियोको लिंक गराइएको छ ।

 

https://youtu.be/oagLxnQ9ymc

हामीले यो समाचार लोकमाण्डुबाट साभार गरेका हौ । माथि उल्लेख गरिएको शिर्षक त्यस भित्र यस्तो समाचार राखिएको पाइयो अनि त्यसको मुनी शिर्षक अनुसारको भिडियो लिंक गराइएको छ । जानकारीका लागि हामीले यो समाचार जस्ताको तस्तै हुबहु कपि गरेका हौ । 

 

AKHABAR TV 

https://youtu.be/v2aB_34CP2w

Related Articles

Back to top button