खामाखा खार्चुङ समाजद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग - Akhabaronline
समाचार

खामाखा खार्चुङ समाजद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

खोटाङ २६ पुस । खामाखा खार्चुङ समाज र अन्तर्राष्ट्रिय मानवअधिकार तथा अपराध नियन्त्रण संगठन (सफेद चरण) ले दुबै मृगौला पिडित अमलसरि राई र टिकामाया मगरको उपचार सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । खामाखा खार्चुङ समाज र अन्तर्राष्ट्रिय मानवअधिकार तथा अपराध नियन्त्रण संगठन (सफेद चरण) चलचित्र प्रदर्शनबाट उठेको रकम विरामीलाई हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष जीवनजीत राइले बताए ।

किरात सस्कारमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ’ को प्रदर्शनबाट उठेको रकम विरामीलाई सहयोग गरिएको सफेद चरणको हेल्थ कोडिनेटर पावल लिम्बुले अखबार अनलाइनलाई बताए । चलचित्र पुस ६ गते हलेसी ऐसेलुखर्क र ७ गते हलेसी भिलेज होटलमा चलचित्रको प्रदर्शन गरिएको थियो । चलचित्रको प्रदर्शनबाट ४६ हजार ७ सय रुपैया उठेको थियो । सफेद चरणको हेल्थ कोडिनेटर पावल लिम्बुले चलचित्रको प्रदर्शनबाट उठेको रकम मध्यबाट १७ हजार पाँच सय रुपैया विरामी अमल राईलाई हस्तान्तरण गरिएको छ । उक्त रकम सिमा राईको पहलमा क्यानाडामा रहनुहुने राजकुमार राई ९अन्तराष्ट्रिय टेक्वान्डो ग्रेण्डमास्टर० बाट रू पन्ध्रहजार र सस्थाका पदाधिकारि सदस्य सिमा राई दुइ हजार र लालसरा राईबाट पाँच सय गरि जम्मा सत्र हजार पाचसय रुपैया बिरामि अमल राईलाई बिहिबार संस्थाका उपाध्यक्ष जीवनजीत राई र सीमा राइले हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण कार्यक्रममा सस्थाको महासचिव लालसरा राई र कोषाध्यक्ष छक्क राज राई को लगायतको उपस्थित रहेको थियो ।

आर्थिक सहयोग प्राप्त गरेपछि मृगौला पीडित अमल राई ले सहयोगी दाता सम्पूर्ण खोटाङ हलेसी निबासी आपा आमा दाजै नाना हरुलाई हृदयबाटै धन्यवाद दिएका छन । उनले भने ‘आज म तपाइहरुकै कारनले बाचेको छु मलाई सधै यसरी नै माया गर्नु भन्नू भयो । त्यसैगरी रकम हस्तान्तरण गर्दै संस्थाका उपाध्यक्ष जीवनजीत राईले भने ‘हामिले थोपा थोपा सङकलन गरेर गाउँ गाउँ गरेर यो रकम उठाएका छौ । गाउमा हस्तान्तरण गरिएको रकममा हामिले प्राबिधिक खर्च नकटाइ दीएको छौ । र यहाँ सिमा राइको पहल मा राजकुमार राई जिउ बाट र सस्थाको अन्य पदाधिकारी हरुबाट केही रकम सङ्कलन गरि बिरामी स्वयम् अम्मल राईलाई दिएका छौ हाम्रो यो सानो सहयोग ले उहाको जिन्दगीमा केहि राहत हुन्छ भन्ने अनुमान गरेका छौ र हाम्रो यो कार्य जारी रहनेछ साथै यो माहान कार्यमा सहभागी हुनुहुने, आफ्नो गाँस कटाएर सहयोग गर्नुहुने तपाइहरु सबैमा म हृदय बाटै धन्यवाद दिन चाहान्छु ।’

सफेद चरणको हेल्थ कोडिनेटर पावल लिम्बुले विभिन्न विरामीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएका छन । आर्थिक अवस्था कमजोर भएका असहाय असक्त विरामीहरुको लागि पवन लिम्बुले विशेष गरेर औषधी उपचार गर्नुका साथै आर्थिक सहयोग जुटाउदै आएका छन । चलचित्रको प्रदर्शनबाट उठेको थप रकम पनि विभिन्न विरामीहरुको स्वास्थ्य उपचारमा खर्च गरिने जनाएका छन ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button