खुल्यो रहस्य गायिका सिता थापालाई जेठानीले किन खुकुरी प्रहार गरिन कारण यस्तो पो रहेछ
काठमाडौं १८ श्रावण । लोक गायिका सीता थापा माथी केही दिन अगाडी चक्कु प्रहार भएको थियो। चक्कु प्रहार आफ्नै घरको सदस्यबाट भएको उनले अन्तर्वार्तामा खुलाएकी हुन्।
सिता थापाका अनुसार, उनी सासु, ससुरा र एउटी छोरी सहित बस्छिन्। त्यही घरमा उनकी जेठानी पनि बस्छिन् । तर, जेठानीले भने छुट्टै भान्सा गर्ने गर्छिन् । उनीहरुले समय छुट्टाएर घरको एउटा किचनमा नै खाना बनाउने गर्थे।
सिताले खाना बनाइसकेपछि उनकी जेठानीले खाना बनाउने गर्थीन् । तर शनिबार, सिताले जेठानीले खाना बनाउने समयमा भान्छामा गएर छोरीलाई खाजा बनाइदिंदा उनकी जेठानी झगडा गर्न आइन् । झगडाकै क्रममा सिताकी जेठानीले उनलाई चक्कु प्रहार गरेकी थिइन्।
सिता थापाका अनुसार, उनकी जेठानी सरकारी अधिकृत हुन् । सिताका श्रीमान घरको झगडालाई कारण देखाउंदै बाहिर डेरा लिएर बसेका छन्। जेठानीले आफ्नो सरकारी जागिरको घमण्ड र श्रीमान छुट्टै बसेका कारण हेपेर आफूलाई सधै पीडा दिने गरेको र अहिले चक्कुले आक्रमण गरेको सिता बताउँछिन्।
AKHABAR TV
https://www.youtube.com/watch?v=v2aB_34CP2w&t=545s