ओखलढुंगा १५ कात्र्तिक । ओखलढुंगाको सुनकोसी गाउपालिको वडा नं ९ स्थित ककनी झरना युवा क्लबले भव्य रुपमा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद रामहरी खतिवडाले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै ओली नेतृत्वको सरकार पूर्ण रुपमा असक्षम भएको बताए । खतिवडाले ओली नेतृत्वको सरकारको एक बर्षको कार्यकाल पूर्णरुपमा असक्षम भएको बताउदै बर्तमान सरकारले जनताका मागहरु पुरा गर्न नसकेको आरोप लगाए । चुनावी नारा गहकिला बनाएपनि जनतालाई महगो कर लगाइ ढाड सेक्ने काम गरिरहेको बताए । खतिवडाको ककनीमा निर्माण हुदै गरेको सडकको समेत निरिक्षण गरेका छन । आफु सांसद हुदा बजेट २५ करोड रकम बिनियोजन गरेको सडक योजनाको काम के कस्तो भयो भनेर खतिवडा सडक निरिक्षणमा जुटेका हुन । निरिक्षणका क्रमा बाटोको सन्तोगजनक नभएको भन्दै सडक विभागका डिजीसामु यस विषयमा कुरा राख्ने खतिवडाले बताए ।
निर्वाचनमा पराजित भएपनि खतिवडा भने यतिबेला जिल्लाका गाउँगाउँमा पुगेर स्थानीहरुसंग भेटघाटमा नै ब्यस्त छन । कटुन्जे ओखलढुंगाको दुर्गम स्थानमा रहेका कारण यस अघि यस गाउमा कुनै पनि माननीयहरु नपुगेको गुनासो आइरहदा खतिवडा त्यस गाउमा पुगेर जनतासंग भेटघाट गर्दै स्थनीयहरुको गुनासोहरु बुझिरहेका छन । आफुले चुनाव हारेपनि जनतासामु रहिरहने खतिवडाले प्रतिवद्धता गरेका छन ।
दसै तथा दीपावलीको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रममा पूर्व सांसद रामहरी खतिवडा, नेपाली कांग्रेसका महासमिति सदस्य कुमार लुइटेल तथा सुनकोसी गाउपालिकाका अध्यक्ष रुद्र अधिकारी लगायतको सहभागीता रहेको थियो ।