काठमाडौ १५ कात्र्तिक । गाउपालिकाले केमा बजेट बिनियोजन गर्छ भन्दा हाामी सबैको सोचाइ सडक तथा विभिन्न विकासका योजनाहरुमा तर पर्वत जिल्लाको महाशिला गाउपालिको बजेट विनियोजन भने नत सडकमा भएको छ न त विकासका काममा बाँदर नियन्त्रणको लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । बादर नियन्त्रणमा बजेट विनियोजन गरेर चर्चामा आएको पर्वतको उक्त गाउँपालिकाले अहिलेसम्म ३०० बाँदरलाई नियन्त्रणमा लिएर थुनेको छ। कृषकले बाँदरले सताएका कारण खेती गर्न नसकेको र बाँदर नियन्त्रणमा पहल गर्नुपर्ने भन्दै गाउँपालिकामा तीव्र दबाव दिएपछि गाउँपरिषद्ले चालु आर्थिक वर्षको लागि बाँदर नियन्त्रण शीर्षकमा बजेट बिनियोजन गरेर बाँदर नियन्त्रण गर्ने काम शुरु गरेको थियो।
बजेट बनाउनुअघि वडामा भएका छलफल कार्यक्रममा समेत कृषकले बाँदरबाट पीडित भएको गुनासो गर्दै बाँदर नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेपछि गाउँपालिकाले बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको हो। जालमा पारेर नियन्त्रणमा लिइएका बाँदरलाई थुन्नको लागि निर्माण गरिएको खोरमा अहिलेसम्म झण्डै ३०० को संख्यामा बाँदरहरू राखिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले जानकारी दिए।
‘सबै वडामा बाँदर आतंक बढेका कारण स्थानीयले माग गरेकै आधारमा हामीले अभियान थालेका थियौँ’ गाउँपालिकाका प्रमुख पौडेलले भने, ‘यो अभियानले सार्थकता पाएको छ। झण्डै ३०० को संख्यामा बाँदर नियन्त्रणमा छन्।’ महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँच जनाको टोली ल्याएको छ। एउटा बाँदर समातेको दुईहजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए। गाउँपालिकाले वन्यजन्तु विज्ञसँग समन्वय गरेर बाँदरलाई नियन्त्रण गरिरहेको छ। प्राविधिक टोलीले शुरुमा बाँदरका छाउरालाई नियन्त्रणमा लिने र तिनीहरूकै सहारामा बयस्क बाँदरलाई जालमा पार्ने गरेका छन्।