‘गाउगाउमा सल्लाह छ, राजा ल्याउने हल्ला छ’ तनहु पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत - Akhabaronline
Highlightमुख्य खबरसमाचार

‘गाउगाउमा सल्लाह छ, राजा ल्याउने हल्ला छ’ तनहु पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत

तनहुँ १९ पुस । तनहु पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ। शाह पारिवारिक भ्रमणमा पोखराबाट सडकमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा दमौलीका राजवादी समर्थकहरूले स्वागत गरेका हुन्।

तोकिएको समय भन्दा चार घण्टा ढिलो आएका पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपा प्रजातान्त्रिकका नेता, कार्यकर्ता तथा सयौँ राजावादीले फूलमाला तथा खादाले स्वागत गरेका थिए। खुशी हुँदै राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ताहरूले ‘गाउँघरमा सल्लाह छ’ ‘राजा ल्याउने हल्ला, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा प्रजा एक हौँ, जनता कसको, राजाको लगायतका नारा लगाएका थिए।

Related Articles

Back to top button