काठमाडौ २० पुस । गाउपालिका प्रमुखले आफनै कार्यालय भत्काएका छन । मापदण्ड ख्याल नगरी ठेकेदारले आफुखुसी गुणस्तरहीन भवन निर्माण गरेको भन्दै
खोटाङको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले निर्माणाधीन कार्यालय भवन भत्काएका हुन ।
तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्सन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले भत्काएका हुन्। प्रमुख निरौलाले भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर भत्काइ दिएको स्थानीयले बताएका छन्।
भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले पुनः निर्माण गर्न आग्रह गरेका छन्। भुँइमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहीन प्रयोग गरेको पाइएको पालिका प्राविधिकले जनाएको छ। यता, निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले कमजोरी भएको निर्माण कम्पनीका उमेश राईले स्वीकारेका छन्।