गुणराज रुचाल ‘मुवाँथाइ प्लेयर अफ द एयर’ को अवार्ड द्धारा सम्मानित - Akhabaronline
खेलकुद

गुणराज रुचाल ‘मुवाँथाइ प्लेयर अफ द एयर’ को अवार्ड द्धारा सम्मानित

 

काठमाडौं २२ पुस । गत डिसेम्बरमा कम्बोडियामा सम्पन्न भएको दोश्रो खुनखेमर विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको सान राखेर आएका मुवाँथाइ खेलाडी गुणराज रुचाल सम्मानित भएका छन । रुचलाई आइतबार काठमाडौमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्रिय मुवाँथाइ संघले सम्मान गरेको हो । संघले रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्डबाट सम्मान गरेको छ ।

गुणराजले गत वर्ष गरेको प्रदर्शनका आधारमा यो सम्मान गरिएको संघले जनाएको छ । संघका अनुसार गुणराजलाई ’मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्ड का साथै नगद २० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति प्रमुख सेनानी शशिकिरण रायमाझीले गुणराजलाई अवार्ड सहित सम्मान गरेका हुन ।

थाइल्यान्डको बैंककमा भएको १५ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा गुणराज रुचाल सहभागी भएका थिए भने नेपालमा भएको तेश्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँथाइ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । रुचालले खेलमा राम्रो प्रदर्शन गरेका कारण नगद सहित सम्मान गरिएको हो । ओखलढंगामा जन्मेका रुचाल खेलकुद क्षेत्रमा क्रियाशिल रदै मुवाँथाइ खेलबाट आफनो पहिचान बनाउनुका साथै नेपालीको पहिचान बनाएका छन ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button