गैंडाकोटमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार - Akhabaronline
अर्थअर्थतन्रा

गैंडाकोटमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

काठमाडौ १७ पुस । ग्लोबल आइएमई बैंकले गैडाकोटमा शाखा विस्तार गरेको छ । गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले शाखा खोलिएको बैँकले जनाएको छ । प्रदेश सांसद कृष्ण चन्द्र नेपालीले शाखाको उदघाटन गरेका हुन । समुद्घाटन गर्दै सांसद नेपालीले गंैडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए ।

यसैगरी ग्लोबल आइएमइ बैंकका श्री अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताए । अध्यक्ष ढकालले आफुहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताए । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताउनुभयो र ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गंैडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

१२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Related Articles

Back to top button