गोली ठोक्ने आदेश सिडिओलाई - Akhabaronline
समाचार

गोली ठोक्ने आदेश सिडिओलाई

काठमाडौं १६ माघ । कतै हुलदंगा वा शान्ति सुरक्षा भंग हुनेगरी कसैले आतंक मच्चाए अनुमति लिई घुँडामुनि गोली चलाउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनेगरी गृहमन्त्रालयले नयाँ विधेयक तयार पारेको छ।

संविधानले परिकल्पना गरेअनुसार शान्तिसुरक्षा कायम गर्न यो विधेयक ल्याइएको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई थप आर्थिक भार नपर्ने बताए। संघीय संसद सचिवालयमा दर्ता भएर संसदीय प्रक्रियामा अघि बढेको यो विधेयकले संविधानले परिकल्पना गरेअनुसारको भावना सम्बोधन हुने जनाइएको छ।
विधेयकमा राष्ट्रिय सुरक्षा समिति, प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समिति गरी तीन तहका सुरक्षा समिति रहने उल्लेख छ। गृहमन्त्री अध्यक्ष र मन्त्रालयका सहसचिव सदस्य–सचिव रहेको राष्ट्रिय सुरक्षा समितिमा गृह र रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत सदस्य रहने आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button