ग्लोबल आइएमइका ग्राहकले अब एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयरमा १५ प्रतिशत छुट पाउने
काठमाडौ ४ माघ ।ग्लोबल आइएमइका ग्राहकले अब एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयरमा १५ प्रतिशत छुट पाउनेभएका छन । ग्लोबल आइएमई बैंक र र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्झौता भएसंगै यो सुविधा पाउने भएका हुन । विहिबार एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका निर्देशक डा. सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगर शाखा प्रबन्धक श्री शशि शेखर शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले र हेल्थ केयर सेन्टरसंग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । उक्त सम्झौता पश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि., विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।