काठमाडौ २५ पुस । ग्लोबल आईएमई बैंकको पौने २ लाख कित्ता शेयर लिलाम हुने भएको छ । ऋण असुली न्यायधिकरणले बैंकको १ लाख ३६ हजार २३३ कित्ता संस्थापक शेयर र ५० हजार ८७ कित्ता साधारण शेयर लिलामको लागि सार्वजनिक सुचना गरेको हो । ऋण असुली न्यायधिकरणले सुधिर बस्नेतकी श्रीमती नितु थापा बस्नेतको नाम रहेको यी शेयर लिलाम गर्न लागेको हो ।
बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिने न्यायधिकरणको कार्यालयले जनाएको छ । लिलामको शेयरमा सूचना सार्बजनिक भएको १६ औ दिनको दिउँसो १ बजेसम्म आवेदन दिन सकिने र सोहि दिन १स्३० बजे बोलपत्र खोलिने छ । बोलपत्र फारण ३ हजार बुझाइ प्राप्त गर्न सकिने समेत न्यायधिकरणको सूचनामा उल्लेख छ ।