ग्ल्यामर देखाउनु उसको कला हो
चितवनकी रुपा केसी यतिबेला म्युजिक भिडियोमा अभिनय गर्न भ्याइनभ्याइ छन । उनले मेलिना राइको गीत सुन्न सकिन तिम्रो नराम्रो वाइ विष्णु क्षेत्रीको गाजल लगाउदा राम्री तिमी लगायत आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी रुपा पछिल्लो समयमा भने पोखराकी काली चलचित्रमा अभिनय गरिहेकी छन । उक्त चलचित्र छायाँकन भइरहेको छ ।
मोडलिङसंर्गै शिक्षालाई पनि निरन्तरता दिर्दै आएकी रुपा अहिले प्लस टु अध्ययन गरिरहेकी छन् । हुनत मोडलिङ भन्दा पनि उनी भलिवल खेल मन पराउथिन । तर विस्तारै कलाकारहरुसंगको भेटघाटले उनलाई पनि कलाकार बन्ने रहर जागेको उनी बताछिन । एक बर्ष त उनले भलिबल पनि खेलिन । अझै पनि समय भएको बेला भलिबल खेल्ने गरेको उनी बताउछिन ।
यसरी भलिवल खेलबाट एक्कासी मोडलिङमा लागेकी रुप मोडलिङमा हुने अंग प्रदर्शन तथा ग्ल्यामरलाई नर्मल रुपमा स्विकारछिन । उनी भन्छिन ‘मलाई खासै त्यस्तो केही लाग्दैन सामान्य लाग्छ ।’ उनी भन्छिन ‘जो कोहीले ग्ल्यामर देखाउन सक्दैन जसले देखाउछन सक्छ त्यो उसको कला हो ।’ तर आफु भने खुल्न सक्ने बताउछिन ।