काठमाडौ १८ कात्र्तिक । ६० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।