चन्द्रा मरासिनीको ‘भाग्यमानी छोरी’ (भिडियोसहित) - Akhabaronline
मनोरञ्जन

चन्द्रा मरासिनीको ‘भाग्यमानी छोरी’ (भिडियोसहित)

हो वास्तवमा एउटी नारी त्यतिवेला मात्र खुशी हुन्छे र आफूलाई भाग्यमानी महशुष गर्छे जतिबेला उ जन्मघरबाट कर्मघर जाँदा जन्मघरको जतिकै माया ममता पाउछे र जन्मघरमा जस्तै अपनत्व महसुस गर्छे । यी माथिका पंक्तिहरु चन्द्रा मरासिनी ‘जुना’को तीजको गिती एल्वम बाट लिइएको हो । हरेक बर्ष तीजको गीतमा सासु र घरपरिवारलाई विभिन्न दोषारोपण गर्दै असन्तुष्टिका शव्द खर्च गर्ने गरेकोमा जुनाले भिन्न तरिकाको शव्द चयन गरेकी छिन् । उनको आफ्नै शव्द रचनामा रहेको ‘भाग्यमानी छोरी ’ बोलको यस गीतमा उनले आफूलाई घर –माईती दुबै तिरको बराबर माया पाएकी एक भाग्यमानी छोरीको रुपमा चित्रित गरेकी छिन् । उनले गीतको बोलमै भनेकी छिन, ‘जन्म घरमा पाउने माया कर्म घरमा पाकि छु खुशी छु म भाग्यमानी छोरी हुनाले ।’

वास्तवमै भन्नु पर्दा हो त्यो कुनै जमाना थियो होला जतिखेर भाइ माइतीबाट लिन आउदा घरबाट सासुहरुले लिन नपठाएर रित्तो हात फर्काए होला,बुहारीलाई कजाएर राख्नु पर्छ भनेर आवश्यकता भन्दा बढी कडा गर्थे होला ? तर अहिले जमाना परिवर्तन भइसकेको छ । अवका पढेलेखेका र जानेबुझेका सासुहरुले बुहारीलाई छोरी सरह व्यवहार गर्न थालिसकेका छन् । त्यसैले होला जुनाको गीतले अहिलेको विकसित समाज बोलेको छ । स्याङ्जा हरिनाश गाउपालिका २ जन्मघर भएकी जुनाको कर्मघर हरिनाश गाउपालिका ४ जामुने रहेको र आफू यथार्थमै गीतले भनेजस्तै भाग्यमानी छोरी रहेको बताएकी छिन् ।

त्यसैले होला अहिले उनको उक्त तीज गीत चर्चामा रहेको छ । युट्युवमा अपलोड गरेको केही दिनमै उक्त गीतलाई लाखौ दर्शकले हेरिसकेका छन् । सबैले पुरातन सोचका साथ नकारात्मक कुराहरुलाई नै बढावा दिइरहेको बेला तपाइलाइ चाहिं कसरी भिन्न ट्रेन्डको गीत गाउने बारेमा सोच आयोे भन्ने जिज्ञासामा जुनाले भनिन, ‘अव पहिला जे जे भयो छाडौं अवका दिनमा समाजलाई सकारात्मक बाटोमा डोहोर्याउनु पर्छ र समाजलाई सकारात्मक बाटोमा डोहोर्याउने भूमिका हाम्रो पनि हो भनेरे यस्तो गीत गाएकी हुँ ।उक्त गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् । उक्त गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले पनि गीतलाई थप सार्थकता दिएका छन् ।

गीतको निर्देशन निरु खड्काले गरेका छिन भने एरेन्ज कमल सौरागले गरेका हुन् । मौलिक शब्द तथा लोक लय प्रस्तुत गरेकाले आफ्नो गीतलाई स्रोता दर्शकले ले माया गरिदिनेमा गायीका जुना समेत विश्वस्त रहेकी छिन ।सानै देखि गीत संगीतमा रुचि राख्ने जुनाले यस भन्दा अघि मोटामोटीहरुका लागि कमेडी गीत लगायतका केही अन्य गीत गाएकी छिन् ।
हो वास्तवमा समाज सकारात्मक बनाउने हो भने जुनाले जस्तै अरुले पनि यस्तै खाले सोचमा पर्रिवर्तन ल्याउन जरुरी छ ।

AKHABAR TV 

https://www.youtube.com/watch?v=lrXDyt41rrU

Related Articles

Back to top button