चर्चित प्रस्तोता सोनिका रोकायाको अहिलेसम्मकै हट अभिनय गरेको भिडियो सार्वजनिक - Akhabaronline
मनोरञ्जन

चर्चित प्रस्तोता सोनिका रोकायाको अहिलेसम्मकै हट अभिनय गरेको भिडियो सार्वजनिक

बर्षको झरीमा पारदर्शी कपडामा देखिएकी सोनिका निकै हट देखिएकी छन । पानीमा रुज्दै सुरज पनि साथीसंग सोनिका भएको छेउमा जान्छन । सोनिका पनि साथीसंग आएकी हुन्छिन । दुइ जनाको भेट हुन्छ । भेट हुन साथ सुरजलाई स्पर्श गर्छिन । पारदर्शी पहिरनमा आएकी त्यो पनि पानीले भिजेपछि सेक्सी देखिएकी सोनिकाले स्पर्श गर्दा सुरज पनि के कम उनले पनि सोनिकालाई चुम्न थाल्छन ।

यो एउटा म्युजिक भिडियोमा गरिएको कल्पना हो । गायिका मेलिना राइ र राजेन्द्र बजगाइको स्वरमा रहेको गीतमा प्रस्तोता सोनिका रोकाया र सुरजलाई फिचरिङमा देखाइएको छ । गीतको भिडियोमा प्रस्तोता सोनिका रोकायाको निकै हट सिनमा देखिएकी छन । उक्त भिडियो बिहिबार सार्बजनिक भएको छ । मेलिना राइ र राजेन्द्र बजगाइको स्वरमा सजिएको ‘बर्षाको पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन लुइटेलको शब्द संकलन रहेको उक्त गीतलाई राजेन्द्र बजगाइले संगीत भरेका छन । पुरुषेत्तम न्यौपानेको एरेन्ज रहेको सो गीतको भिडियो लाई जीवन लुइटेलले निर्देशन गरेका हुन । निर्देशक लुइटेलले सोनिकालाई कसरी प्रस्तुत गरेका छन तलको भिडियो हेर्नुहोला

AKHABAR TV 

https://www.youtube.com/watch?v=v2aB_34CP2w&t=611s

Related Articles

Back to top button