मनोरञ्जन
चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठको तीज गीत युटयुवमा भयो भाइरल
काठमाडौ १७ श्रावण । लोकदोहोरी गायिका उमा श्रेष्ठको तीज गीतको भाका नै भाइरल भएको छ। भाइरल गीत यतिखेर भाइरल नै बनिरहेको छ। जुन गीतको केही दिनअघि मात्र सार्वजनिक भएको हो।
भाईरल बोलको सार्वजनिक भएको गीतको भाकामा गायिका श्रेष्ठसँगै डीबी लोप्चनले भाका मिलाएर बबाल गरेका छन्। गीत गजबै बनेको छ। तन्नेरी संगीतकार दीपक शर्माको शब्दरसंगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।
विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले बेजोड अभिनय गरेका छन्। साथमा गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको भिडियोमा भएको प्रवेश पनि गजबै देखिएको छ।
AKHABAR TV
https://www.youtube.com/watch?v=n-Fd6VmRZio&t=14s