चलचित्र 'छक्कापञ्जा'को व्यापक चर्चा, निर्माण टोली पूर्वमा पुगेर प्रचारप्रसार गर्दै - Akhabaronline
Uncategorized

चलचित्र ‘छक्कापञ्जा’को व्यापक चर्चा, निर्माण टोली पूर्वमा पुगेर प्रचारप्रसार गर्दै

काठमान्डौ २९ भदौ  । असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको  चलचित्र ‘छक्का–पञ्जा २’को प्रचार प्रसार यतिबेला ब्यापक बनाइएको छ । प्रचार प्रसारको शिलशिलामा यतिबेला निर्माण युनिट पूर्व आइपुगेको छ।

चलचित्र युनिटले बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै ‘छक्का–पञ्जा’ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताएको हो। ‘वडा नम्बर ६’, ‘६ एकान ६’ र ‘छक्का पञ्जा’को सफतापछि आफूहरूले ‘छक्का–पञ्जा २’ ल्याएको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले बताइन्। उनले यो चलचित्र पहिलाको भन्दा फरक भएको बताइन् । उनले भनिन्, ‘पहिलाको चलचित्र छक्का–पञ्जाभन्दा फरक विषयवस्तु छ, हलमा गएका दर्शकलाई चलचित्रले निराश हुन दिँदैन, चलचित्रले दर्शक हँसाउँछ।’

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र युवाको कथामा आधारित रहेको सामाजिक विषयवस्तु बोकेको बताए । यो चलचित्र एक कारोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको उनले बताए।

पत्रकार सम्मेलनमा दीपकराज गिरी, जीतु नेपाल, वर्षा राउत, दीपाश्री निरौला, केदार घिमिरे, स्वरूप पुरुष ढकालको सहभागिता थियो ।

Related Articles

Back to top button