चार सय नागरिक कहाँ गए ? बेपत्ता कि मृत्यु ? - Akhabaronline
मुख्य खबरसमाचार

चार सय नागरिक कहाँ गए ? बेपत्ता कि मृत्यु ?

काठमाडौं १८ पुस । बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ९टीआरसी० मा फाइल पठाएको छ ।

पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् ।

हत्याको आशंकासहित बेपत्ताबाट गएका फाइलमा टीआरसीले पनि क्षेत्राधिकारको प्रश्न उब्जाउँदै छानबिन नगरे अकारण अलपत्र पर्ने सम्भावना छ । बेपत्ता व्यक्ति मृतक भएको पुष्टि भए तत्काल परम्पराअनुरूप परिवारजनले काजकिरियासमेत गर्नुपर्ने हुन्छ । तर, मृतक पुष्टि नभएसम्म जीवितको सम्भावना रहने हुँदा धार्मिक संस्कार गर्न मिल्दैन । आधिकारिक विज्ञ संलग्न टोलीले ‘एन्टिमार्टम’ वा ‘पोस्टमार्टम’ नगरी बेपत्ता व्यक्तिलाई मृतक ठहर गर्न पनि सकिँदैन ।

बेपत्ता आयोगले आफैंले अनुसन्धान नगरी ‘मृत्यु भएको अनुमान’का आधारमा चार सय १५ जनाको फाइल टीआरसी पठाएपछि पीडित परिवार आक्रोशित भएका छन् । ‘बेपत्ता आयोगबाट झन्डै चार सयको उजुरीको फाइल प्राप्त भएको छ । अहिले टिपोट बनाएर हेर्ने काम भइरहेको छ,’ टीआरसीका सदस्य वरिष्ठ अधिवक्ता लीला उदासीले अन्नपूर्णसँग भने, ‘तिनीहरू बेपत्ता हुन् भने बेपत्ता आयोगकै क्षेत्राधिकारभित्र पर्छ । त्यस्तो भेटिएमा हामी हेर्दैनौं । मृतक हुन् भने यसै पनि टीआरसीको छानबिनभित्रै पर्ने हो ।’ उदासीले प्रारम्भिक छानबिनपछि मात्र निष्कर्षमा पुगिने बताए ।

बेपत्ता आयोगका सचिव नृपध्वज निरौलाले पनि शान्ति मन्त्रालयको सूचीमा मृतक जनाइएकाले बाँकी अनुसन्धानका लागि टीआरसीको जिम्मा लगाइएको बताए । ‘सरकारको आधिकारिक निकायले राखेको अभिलेखलाई मान्ने कि नमान्ने रु ’ सचिव निरौलाले भने, ‘टीआरसीमा पठाइएका व्यक्ति शान्ति मन्त्रालयमा मृतकको सूचीमा छन् ।’ अन्नपूर्णपोष्टबाट

Related Articles

Back to top button