चिसोले कठ्यांग्रिएर काठमाडौमा दैनिक ६ जनाको मृत्यु - Akhabaronline
समाचार

चिसोले कठ्यांग्रिएर काठमाडौमा दैनिक ६ जनाको मृत्यु

 

काठमाडौं २७ पुस । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् ।

प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ ।

सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=12s

Related Articles

Back to top button