चुनावी प्रचारप्रसारमा जनतासंग गरेका बाचा पुरा गर्दै नेता रामहरी खतिवडा - Akhabaronline
राजनीति

चुनावी प्रचारप्रसारमा जनतासंग गरेका बाचा पुरा गर्दै नेता रामहरी खतिवडा

 

काठमाडौ ४ माघ । पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडा यतिबेला जनतासंग गरेका वाचा पुरा गर्दै हिडेका छन । नेता खतिवडाले चुनावको बेला जनतासंग गरेका वाचा एकपछि अर्को गर्दै पुरा गर्दै आएका छन । नेता खतिवडाले चुनावी प्रचार प्रसारको बेला बलखुमा भएको आम सभालाई सम्बोधन गर्दै यस् क्षेत्रको जनताहरुको लागि अतिनै आवश्यक र एेतिहासिक यो गोठचौरघाट र जेरुङघाटमा झोलुङे पुल निर्माणको लागि पहल गर्ने बताएका थिए । सोही अनुरुप चुनावी प्रसार प्रचारका बेला आफुले गरेका वाचा पुरा गर्ने क्रममा यतिबेला गोठचौरघाट बलखु ओखलढुङ्गा र खाङ्साङ् सिन्धुली झोलुङे पूल निर्मार्ण हुने भएको छ । ३२१ मिटर लामो ओखलढुङ्गा र खाङ्साङ् सिन्धुली झोलुङे पूल र जेरुङ्घाट बलखु ओखलढुङ्गा र तिन्खन्डे सिन्धुली जोडने १८२ मिटर लामो झोलुङे पूलको नेता खतिवडाले शनिबार सिलान्यास समेत गरेका छन ।
पुल शिलान्यास समारोहमा बोल्दै नेता खतिवडाले चुनावको दिन कांग्रेस र कम्युनिष्ट हौ अरु बेला बिकास निर्माणमा एक जुट भएर लागौ किनकि यो बन्दै गरेको पुलमा कम्युनिष्ट कांग्रेस सबै हिड्नु पर्छ एक दुई जना ब्यक्तीको लागि होइन बदी भन्दा बदी यहाँको जनतहरुले सुबिधा पाउनु पर्छ भन्ने आफनो धारणा राखेका छन । त्यस्तै गरी युवा नेता डा। राजेश राईले यो झोलुङे पूलले यहाँको मानिसहरुको जीवन स्तरलाई उकस्नलाई ठुलो मद्घत पुग्नेमा आफु विश्वासत् रहेको बताए । जेरुङघाट एेतिहासिक ठाउँको लागि पहल गरेर पूल निर्माण गरेकोमा पूर्व सांसद रामहरी खतिवडालाई राइर््ले धन्यवाद समेत दिएका छन ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button