चोर र डाँकाले भरिए काठमाडौंका हिरासत - Akhabaronline
समाचार

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत

काठमाडौ १५ कात्र्तिक । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेकाले भरिएको छ। चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिएका हुन्।

चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका नजिर विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ। नियन्त्रणपछि यो वर्षको दशैँमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए। ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन्। भएजति सबै चोर प्रहरी नियन्त्रणमा रहेकाले यस्तो भएको हो। यो पटक हामीले चोरीसँगै डकैती घटनामा संलग्न पटकेहरूलाई पनि नियन्त्रणमा लिएका छौँ।ु आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button