छाया सरकारको मन्त्री बन्न कांग्रेसमा होडबाजी - Akhabaronline
राजनीति

छाया सरकारको मन्त्री बन्न कांग्रेसमा होडबाजी

काठमाडौं १७ माघ । संसदलाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्षी कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्न हम्मे परेको छ। अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बढेको आजको कान्तिपुरमा खबर छापेको छ।
पार्टीभित्र र बाहिरसमेत प्रतिपक्षको भूमिका कमजोर भएको भन्दै आलोचना बढेपछि कांग्रेसले मन्त्रालयगत रूपमा सरकारको निगरानी बढाउन छाया सरकार बनाउने निर्णय लिएको थियो। तर सांसदहरूले वास्तविक सरकारमा जस्तै इच्छाएको मन्त्रालय पाउन ‘भनसुन’ गर्न थालेका छन्।
प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले छाया सरकारको गृहकार्य गरिरहेका छन्। नेता खाँडले छाया सरकार नभनी संसदीय समितिमा रहेका सांसदलाई समितिअन्तर्गत मन्त्रालय निगरानी गर्नेगरी जिम्मेवारी दिइने बताए। मन्त्रिपरिषद् कार्यालयसहित सबै मन्त्रालय हेर्न २२ वटा समिति बनाउने तयारी छ। यसका लागि इच्छाएको मन्त्रालय हेर्नेगरी सांसदको नाम मागिएको थियो।

AKHABAR ONLINE TV (ATV)

Related Articles

Back to top button