समाचार
छोरा हत्या गरेको आशंकामा आमा पक्राउ
सल्यान ३० पुस । सल्यानमा छोरा हत्या गरेको आशंकामा प्रहरीले आमालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे निवासी एक महिलालाई आफ्नै छोराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो।
चार वर्षीय छोरा समिर खत्रीको हत्या गरी घरनजिकै गाडेको शंकास्पद खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीको नेतृत्व घटनास्थलमा पुगी शव उत्खनन् गरेको थियो। गाडेको शव उत्खनन् गरी पोष्टमार्टममा लागि जिल्ला अस्पतालमा राखिएको र आइतबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ।
छोरोको हत्याको आशंकामा आमालाई नियन्त्रण लिई अनुसन्धान गरी रहेको प्रहरी प्रमुख शाहीले बताए। थप अनुसन्धानका लागि जिल्ला अदातलमा म्याद थपका लागि आग्रह गरेको उनको भनाई छ।