जग्गा बाँझो राख्नेलाई तीन लाख जरिवाना - Akhabaronline
समाचार

जग्गा बाँझो राख्नेलाई तीन लाख जरिवाना

काठमाडौं २ माघ । सरकारले लगातार तीन वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ। संसदमा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्नेलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो विधेयकमाथि प्रतिनिधिसभामा एक साताभित्रै छलफल हुनेछ। विधेयक पारित भएपछि आफ्नो जग्गा बाँझो राख्नुपर्ने भए स्थानीय तहमा यसको कारणबारे जानकारी दिनुपर्नेछ। ‘धेरै जग्गा हुने व्यक्ति जग्गा बाँझो राखेर अन्यत्रै गएर बस्न थालेका छन्।’, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपी मैनालीले भने, ‘यसले कृषि उत्पादनमा कमप् आयो। भूउपयोग पनि पूर्ण रूपमा हुन सकेन। त्यसैले बाँझो राख्नेलाई कसुर मानिने व्यवस्था ल्याउनु परेको हो।’

जग्गाको उपयोग होस् र उत्पादनशील क्षमतामा ह्रास नआओस् भनेर नयाँ व्यवस्था ल्याउन लागेको उनले बताए। व्यक्तिको नाममा रहेको तीन कारोड कितामध्ये कति जग्गा बाँझै छ भन्ने यकिन तथ्यांक सरकारसँग छैन।

AKHABAR ONLINE TV

Related Articles

Back to top button